बढ्यो निर्जीवन बिमाको बिमाशुल्क
gorkhapatraonline.com · Sat Sep 05 01:15:43 GMT 2026

चालु आर्थिक वर्षको पहिलो महिना साउनमै निर्जीवन बिमा व्यवसाय २३ प्रतिशतले बढेर पाँच अर्ब ४० करोड रुपियाँ पुगेको छ ।
नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउनमा निर्जीवन बिमा कम्पनीहरूले कुल पाँच अर्ब ४० करोड १५ लाख रुपियाँ बिमाशुल्क सङ्कलन गरेका छन् । गत आर्थिक वर्ष २०८२/८३ को साउनमा निर्जीवन बिमा कम्पनीहरूले चार अर्ब ३९ करोड ६७ लाख रुपियाँ बिमाशुल्क सङ्कलन गरेका थिए । हाल नेपालमा १४ वटा ठुला र चार वटा लघु निर्जीवन बिमा कम्पनी गरी १८ वटा कम्पनी सञ्चालनमा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)