अफ्रिकाको सही आकार देखाउने नक्साको पक्षमा चीनसहित १६४ देश, अमेरिकाले गर्यो विपक्षमा मतदान
nagariknews.nagariknetwork.com · Sat Sep 05 01:21:46 GMT 2026

संयुक्त राष्ट्रसंघको महासभाले अफ्रिकाको वास्तविक आकारलाई अझ सही रूपमा देखाउने नक्सा प्रयोग गर्न समर्थन गरेको छ।
शुक्रबार भएको मतदानमा नेपालसहित १६४ देशले प्रस्तावको पक्षमा मतदान गरेका छन्। चीन, भारत, फ्रान्स, बेलायत, जर्मनी, जापान, क्यानडा, अस्ट्रेलिया, रूस, ब्राजिललगायतका ठुला देशले पनि प्रस्तावको समर्थन गरेका छन्। अमेरिकाले भने विपक्षमा मतदान गरेको छ। इस्टोनिया, जर्जिया, लिथुआनिया, मोल्डोभा, सर्बिया र युक्रेनले मतदानमा भाग लिएनन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)