ठेकेदारले छाडेपछि आफैँ सडक मर्मत गर्दै बागलुङ नगरपालिका
gorkhapatraonline.com · Sat Sep 05 01:20:54 GMT 2026

ठेकेदारमार्फत सडक मर्मत गर्दै आएको बागलुङ नगरपालिकाले आफ्नै स्रोत र साधन प्रयोग गरेर सडक मर्मत थालेको छ । नगरपालिकाको आपत्कालीन शाखाले पहिलोपटक कालोपत्र सडक टाल्ने र खाल्डाखुल्डी पुर्ने काम थालेको हो ।
यसअघि निर्माण व्यवसायीसँग सम्झौता गरेर कालोपत्र सडक मर्मत तथा खाल्डाखुल्डी पुर्दै आएको नगरपालिकाले आफैँ उपकरण तथा कच्चा सामग्री खरिद गरेर सडक मर्मत गर्न थालेको हो । ठेकेदारमार्फत बागलुङ बजारलाई खाल्डाखुल्डीमुक्त बनाउने अभियान प्रभावकारी हुन नसकेको, ठेक्का प्रक्रिया लामो भएको र निर्माण व्यवसायीले ढिलाइ गर्दा नगरपालिकाले आफैँ दैनिक रूपमा सडकका खाल्डाखुल्डी टाल्न थालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)