बाढीमा बगे आस्था र पर्यटनका पूर्वाधार
gorkhapatraonline.com · Sat Sep 05 01:22:48 GMT 2026

भोटेकोशी नदीमा आएको आकस्मिक हिमबाढीले हजारौँ जीवनसँगै युगसाक्षी बनेका ऐतिहासिक स्थल, स्तम्भ, आस्थाका केन्द्र, धार्मिक स्थललगायत पर्यटकीय स्थल, होटेल, पदमार्गमा ठुलो क्षति पुर्याएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार भदौ १० गते आएको विनाशकारी हिमबाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखाका विभिन्न क्षेत्रमा रहेका महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक सम्पदासहित पर्यटकीय क्षेत्रमा ५० अर्ब रुपियाँभन्दा बढीको क्षति पुगेको छ । मन्त्रालयका अनुसार बाढीबाट १४२ वटा होटेल, ५७ वटा साना रेस्टुरेन्ट, पर्यटन व्यवसायसँग सम्बन्धित १४१ वटा सवारीसाधन, दुई वटा मस्जिद र २७ वटा विभिन्न महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक सम्पदामा क्षति पुगेको छ । बाढीमा सन्धि शिलादेखि गुम्बा, स्तूप र मन्दिर पनि बगेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)