तत्काल सुधार नभए नेपाल ब्ल्याक लिस्टमा पुग्न सक्छ - अर्थमन्त्री वाग्ले
arthasansar.com

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) नियन्त्रण तथा सुशासनका क्षेत्रमा आवश्यक सुधारलाई तत्काल कार्यान्वयन गर्न नसके नेपाल ग्रे लिस्टबाट ब्ल्याक लिस्टमा पुग्ने उच्च जोखिम रहेको बताएका छन्। शनिबार राष्ट्रिय सभामा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ माथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले नेपाल २०८१ फागुनदेखि ग्रे लिस्टमा रहेको स्मरण गराउँदै अब ढिलाइ गर्ने अवस्था नरहेको बताए।
उनले ब्ल्याक लिस्टमा परे नेपालले अन्तर्राष्ट्रिय वित्तीय प्रणालीसँगको पहुँच गुमाउने जोखिम रहेको उल्लेख गर्दै त्यसको असर विदेशी लगानी, बैंकिङ कारोबार, रेमिट्यान्स तथा समग्र अर्थतन्त्रमा पर्ने चेतावनी दिए। ‘हामीले अहिले सेन्स अफ अर्जेन्सीका साथ आवश्यक सुधार र सुशासनका कामलाई अघि बढाउन सकेनौँ भने नेपाल ब्ल्याक लिस्टतर्फ जान सक्छ। ब्ल्याक लिस्टमा पुग्नु भनेको बाँकी दुनियाँसँगका हाम्रा वित्तीय सम्बन्धहरू गम्भीर रूपमा प्रभावित हुनु हो,’ उनले भने।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)