व्यवस्थापन नभए रोगको जोखिम
gorkhapatraonline.com · Sat Sep 05 01:29:23 GMT 2026

भोटेकोशी नदीको उग्र भेलले नुवाकोटमा छाडेको घाउ केवल बगेका घर, पुल र सडकमा सीमित छैन । यो विपत्तिले हजारौँ किसानको जीविकोपार्जनको आधार बनेका पशुपन्छीलाई समेत निर्ममतापूर्वक बगाएको छ । बाढी गएको एक सातापछि पनि प्रभावित क्षेत्रका किसान पशुधन गुमाएको पीडा, अनिश्चित भविष्य र पुनर्स्थापनाको चिन्तामा छन् ।
नेपाल भेटेरिनरी एसोसिएसनको छ सदस्यीय टोली एक सातासम्म प्रभावित क्षेत्रमा पुगेको थियो । एसोसिएसनका महासचिव डा. शङ्कर न्यौपानेका अनुसार नुवाकोटमा पशु चिकित्सकको टोली पुग्दा खाली गोठ, सुँगुरपालन फार्मका भग्नावशेष मात्र बाँकी थिए । हजारौँ कुखुरा हुर्काइएका व्यावसायिक फार्म माटो र ढुङ्गाको थुप्रोमा परिणत भएको उहाँले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)