अध्यक्ष सिफारिस प्रक्रिया रद्द गरेपछि अन्योलमा राष्ट्रिय परीक्षा बोर्ड, अझै खुलेन आवेदन
ratopati.com · Sat Sep 05 01:31:54 GMT 2026

काठमाडौँ । माध्यमिक शिक्षाको परीक्षा सञ्चालन तथा व्यवस्थापनको मुख्य जिम्मेवारी पाएको राष्ट्रिय परीक्षा बोर्ड विगत नौ महिनादेखि नेतृत्वविहीन बनेको छ । तत्कालीन अध्यक्ष महाश्रम शर्माको कार्यकाल गत पुस १२ गते सकिएपछि बोर्ड अध्यक्षविहीन बनेको हो ।
राष्ट्रिय परीक्षा बोर्ड नियमालीमा बोर्डको उपाध्यक्ष शिक्षा तथा खेलकुद मन्त्रालयको सचिव रहने प्रावधान रहेकाले हाल सचिवले नै कार्यवाहकका रूपमा जिम्मेवारी सम्हाल्दै आएका छन् । हाल शिक्षा सचिव चुडामणि पौडेल छन् । दीर्घकालीन रूपमा नेतृत्व खाली रहँदा परीक्षा प्रणालीको सुदृढीकरण र सुधारका काममा प्रत्यक्ष असर परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)