बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको अपिल, प्रधानमन्त्रीसँग सार्वजनिक जवाफको माग
ratopati.com · Fri Jun 26 13:04:04 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले बालबालिकालाई राजनीतिक दलको सदस्य बनाउने कार्य संविधान, कानुन र अन्तर्राष्ट्रिय प्रतिबद्धताविपरीत भएको भन्दै त्यसलाई तत्काल रोक्न सार्वजनिक अपिल गरेको छ।
उपसमितिका संयोजक उमंग लोहनीद्वारा जारी अपिलमा नेपाली कांग्रेसले डिजिटल प्रणालीमार्फत नयाँ क्रियाशील सदस्यता वितरण गरिरहेको उल्लेख गर्दै पार्टीको आधिकारिक पोर्टलमार्फत असार २० गतेसम्म अनलाइन आवेदन दिन सकिने जानकारी दिइएको छ। कांग्रेसको सिद्धान्त र नीतिप्रति प्रतिबद्ध नेपाली नागरिकले मात्रै क्रियाशील सदस्यता पाउने तथा सदस्य बन्न कम्तीमा १८ वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था रहेको उपसमितिले स्पष्ट पारेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)