नेपालमाथि भएको जलवायु अन्यायबारे विश्वव्यापी बहस
onlinekhabar.com · Sat Sep 05 01:29:28 GMT 2026

१९ भदौ, काठमाडौं । नेपालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचनाअन्तर्गतको ‘फन्ड फर रेस्पोन्डिङ टु लस एन्ड ड्यामेज’सँग क्षतिपूर्ति दाबी गर्दै पत्र पठाएको छ। नेपालले खाँदै नखाएको विषको असर भोग्नुपरेको उल्लेख गर्दै रसुवामा जलवायु परिवर्तनका कारण आएको बाढीले खर्बौंको क्षति पुर्याएको उल्लेख गर्दै नेपालले उक्त पत्र पठाएको हो ।
विश्व बैङ्कको सन् २०२४ को तथ्याङ्कअनुसार प्रतिव्यक्ति प्रतिवर्ष विश्वव्यापी औसत कार्बन उत्सर्जन ४.६७ टन रहेको छ; जसमा चीनको ९.३ टन, अमेरिकाको १३.६ टन र भारतको २.१७ टन छ। त्यसको तुलनामा एक जना नेपालीले वर्षभरिमा जम्मा ०.५४ टन मात्र कार्बन डाइअक्साइड उत्सर्जन गर्ने भएकाले विश्वव्यापी उत्सर्जनमा नेपालको भूमिका नगण्यप्रायः देखिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)