आज १२ घण्टा सवारी आवागमन बन्द गरेर परेवाभीरमा सडक मर्मत
barnanmedia.com · Sat Sep 05 01:40:12 GMT 2026

पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभीर सडकखण्डमा मर्मत गर्न आज १२ घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङद्वारा आज यहाँ जारी सूचनामा यही भदौ २० गते शनिबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म उक्त सडकखण्डमा एम्बुलेन्स र शववाहनबाहेक अन्य सबै सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)