स्याउ खेतीतर्फ आकर्षित हुँदै बाजुराका किसान
gorkhapatraonline.com · Sat Jun 13 02:36:35 GMT 2026

बाजुराका अधिकांश किसान पछिल्लो समय स्याउ खेतीतर्फ आकर्षित हुन थालेका छन्। जिल्लाका अधिकांश दुर्गम बस्ती सडक सञ्जालसँग जोडिएपछि स्याउ उत्पादन तथा बजारीकरण सहज बन्दै गएको छ। यससँगै किसानको स्याउ खेतीप्रतिको चासो पनि बढ्दै गएको हो।
जिल्लाको पूर्वी–उत्तरी क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिका, हिमाली गाउँपालिका, स्वामीकार्तिक खापर गाउँपालिका तथा जगन्नाथ गाउँपालिकालगायतका क्षेत्रमा स्याउ खेती राम्रो हुने गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)