पृथ्वी राजमार्गको परेवाभिर खण्ड १२ घण्टा पूर्ण बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
onlinekhabar.com · Sat Sep 05 01:38:38 GMT 2026

२० भदौ, धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिर सडक खण्डमा आज शनिबार १२ घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द रहने भएको छ।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण परेवाभिर क्षेत्रको सडकमा क्षति पुगेपछि राजमार्ग एकतर्फी मात्र सञ्चालन हुँदै आएको थियो। क्षतिग्रस्त सडकको मर्मत कार्य गर्नुपर्ने भएकाले जिल्ला प्रशासन कार्यालय धादिङले शनिबार बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म उक्त खण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)