मलेसियामाथि नेपालको कठिन जित
annapurnapost.com · Wed May 20 07:13:37 GMT 2026
काठमाडौं : एसियन गेम्स तयारीका लागि खेलिरहेको खेलमा नेपाली महिला क्रिकेट टोलीले मलेसियालाई २ विकेटले पराजित गरेको छ । टस जितेर पहिले ब्याटङ गरेको मलेसिया १६.५ ओभरमा ६७ रन बनाउँदै अलआउट भएको थियो ।
मलेसियाले दिएको ६८ रनको लक्ष्य पछयाएको नेपालले १७.३ ओभरमा ८ विकेट गुमाउँदै ७१ रनसहित लक्ष्य पूरा गरेको हो । नेपालका लागि ब्याटिङतर्फ सम्झना खड्काले सर्वाधिक ३२ रनको पारी खेलिन् । विन्दु रावल र पुजा महतो डकआउट हुँदा रुबी पोदारले १५ रन बनाइन् । त्यसपछिका ४ ब्याटर सस्तैमा पेभेलिन फर्किए । कविता जोशी र रिया शर्मा क्रमशः ६ र ४ रनमा अविजित रहे ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)