सडक दुर्घटनाको ‘हटस्पट’मा ट्रमा सेन्टर खोल्न भवन बन्यो, सञ्चालनमा आएन
onlinekhabar.com · Sat Jul 04 12:46:25 GMT 2026

२० असार, बैतडी । बैतडीको पाटन नगरपालिका–८ सिद्धेस्वर स्वास्थ्य चौकी परिसरमा निर्माण गरिएको ट्रमा सेन्टर चार वर्षदेखि सञ्चालनमा आउन सकेको छैन । दुर्घटना र विपद्का घाइतेलाई तत्काल उपचार उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएको ट्रमा सेन्टर सञ्चालनमा ढिलाइ हुँदा यस क्षेत्रमा हुने विभिन्न दुर्घटनाका घाइतेहरूले समयमै उपचार नपाएर ज्यान गुमाइरहेका छन् ।
गत पुस २८ गते पाटन नगरपालिका–८ विजयपुरमा भएको जिप दुर्घटनामा सिगास गाउँपालिका–१ की २७ वर्षीया बसन्ती ऐर गम्भीर घाइते भएकी थिइन् । स्थानीयवासी र प्रहरीले तत्काल उद्धार गरे पनि उनलाई डडेलधुरा अस्पताल पुर्याउन करिब दुई घण्टा लाग्यो । अस्पताल पुगेको आधा घण्टापछि उनको मृत्यु भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)