अब गुगल एआई स्टुडियोबाट केही मिनेटमै जो कसैले एन्ड्रोइड एप तयार पार्न सक्ने
techpana.com · Wed May 20 07:37:24 GMT 2026

काठमाडौँ । अब गुगलको एआई स्टुडियोमार्फत केही मिनेटमै आफूले चाहेको एन्ड्रोइड एप तयार पार्न सकिने भएको छ । कम्पनीले मङ्गलबार आयोजित आफ्नो वार्षिक डेभलपर सम्मेलन 'गुगल आई/ओ २०२६' मार्फत यस्तो सुविधा सार्वजनिक गरेको हो ।
एआई कोडिङको यो नयाँ प्रविधिले कर्सर (Cursor), रेप्लिट (Replit), लभेबल (Lovable) र क्लाउड कोड (Claude Code) जस्ता एआई-पावर्ड डेभलपमेन्ट टुलहरूसँग सिधै प्रतिस्पर्धा गर्नेछ । गुगलको यो कदमले अनुभवी डेभलपरहरूलाई छिटो प्रोटोटाइप बनाउन मात्र नभई कुनै प्राविधिक ज्ञान नभएका सामान्य क्रिएटरहरूलाई पनि एप बनाउने अवसर प्रदान गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)