भोटेकोशी बाढी प्रभावितका लागि एनसेल फाउन्डेसनद्वारा १ करोड सहयोग
kendrabindu.com · Thu Aug 27 07:28:28 GMT 2026

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एनसेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको छ ।
बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायतका जिल्लाका तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको र प्रभावित आम सर्बसाधारणको तत्काल उद्धार, राहत तथा पुनःस्थापनाको आवश्यकता रहेको अवस्थामा एनसेलले सरकारको आह्वानमा सहयोग घोषणा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)