सन नेपाल लाइफद्वारा एएमएल/सीएफटी सम्बन्धी प्रशिक्षण सम्पन्न
arthadabali.com · Wed May 20 07:44:57 GMT 2026

काठमाडौँ / सन नेपाल लाइफ इन्स्याेरेन्सले एजेन्सी डेभलपमेन्ट म्यानेजरहरूलाई लक्षित गर्दै एएमएल/सीएफटीसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। ‘ADM 360° Growth Summit 1.0’ अन्तर्गत आयोजित उक्त प्रशिक्षण कम्पनीका कानुन विभाग प्रमुख सुभाष भण्डारीले सञ्चालन गरेका हुन्।
प्रशिक्षण कार्यक्रममा मनी लाउन्डरिङ तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणसम्बन्धी विद्यमान कानुनी व्यवस्था, नियामकीय प्रावधान, शंकास्पद कारोबार पहिचान तथा वित्तीय अनुशासनका विषयमा सहभागीहरूलाई जानकारी गराइएको कम्पनीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)