एसिया–प्यासिफिक क्षेत्रका कृषक, विद्यार्थी र नेतृत्वकर्ताहरु धुलिखेलमा
onlinekhabar.com · Fri Jun 05 03:27:22 GMT 2026

२२ जेठ, काभ्रेपलाञ्चोक । एसिया–प्यासिफिक क्षेत्रका कृषि उत्साही, युवा नेतृत्वकर्ता तथा विद्यार्थीहरूलाई एउटै मञ्चमा ल्याएर सम्मेलन आयोजना भएको छ ।
‘हिमालदेखि क्षितिजसम्मः महिला सशक्त कृषि विकासका लागि क्षेत्रीय मार्गहरू’ भन्ने विषयवस्तु समेटिएको र भावी कृषि उद्यमी, अनुसन्धानकर्ताहरू तथा युवा विज्ञहरूबीच सार्थक संवाद, क्षेत्रीय सहकार्य र ज्ञान आदान–प्रदानलाई प्रवर्द्धन गर्ने उद्देश्य राखिएको सम्मेलनमा नेपाल, बङ्गलादेश र इन्डोनेसियालगायत एशिया–प्रशान्त क्षेत्रका युवाहरूबीच कृषि विकासका अनुभव, ज्ञान र उत्कृष्ट अभ्यासहरू आदान प्रदान हुने कृषि र विज्ञानमा सम्बन्धित विद्यार्थीहरूको अन्तर्राष्ट्रिय संघ (आईएएएस) का उपाध्यक्ष कौशल कोइरालाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)