महाकाली कोरिडोर : यथेष्ट बजेट विनियोजन
gorkhapatraonline.com · Sat Jun 13 03:33:49 GMT 2026

कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको तिङ्कर नाकालाई जोड्ने सडकका रूपमा रहेको महाकाली कोरिडोरमा आगामी वर्ष २०८३/८४ का लागि सरकारले ३९ करोड ४० लाख रुपियाँ विनियोजन गरेको छ ।
कोरिडोरको थप निर्माण गर्न सरकारले चालु आव २०८२/८३ को भन्दा १६ करोड ४३ लाखभन्दा बढी रुपियाँ आगामी वर्षका लागि विनियोजन गरेको महाकाली कोरिडोर (ब्रह्मदेव–झुलाघाट–दार्चुला–तिङ्कर) सडक योजनाका सूचना अधिकारी एवं इन्जिनियर दिनेश रैखोलाले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)