चिनियाँ नागरिक लुटपाट घटना अनुसन्धान गर्न अपराध अनुसन्धानको टोली सिन्धुपाल्चोकमा
baahrakhari.com · Wed May 20 08:23:41 GMT 2026

काठमाडौं । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली चिनियाँ नागरिक लुटपाट घटनाको अनुसन्धान गर्न सिन्धुपाल्चोक पुगेको छ । भोटेकोसीस्थित हेली रिसोर्टमा बसेका एक चिनियाँ नागरिकमाथि भएको लुटपाट घटना अनुसन्धान गर्न कार्यालयको टोली भोटेकोसी पुगेको हो ।
कार्यालयको टोलीले रिसोर्टमा जडित सीसीटीभी हार्डडिस्क बरामद गरेको छ । अनुसन्धानमा खटिएका प्रहरीका अनुसार, ती चिनियाँ नागरिक गएको फागुन २३ गते हेली रिसोर्ट बस्न पुगेका थिए । सोही विषयमा अनुसन्धानका लागि कार्यालयको टोली मंगलबार सिन्धुपाल्चोक पुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)