क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
nepalnews.com · Wed May 20 08:30:51 GMT 2026

सिमी भ्याली। दक्षिणी क्यालिफोर्नियामा फैलिएको भीषण डढेलोका कारण १७ हजारभन्दा बढी मानिसलाई घर खाली गर्न आदेश दिइएको छ। उपनगरीय बस्तीहरूलाई प्रत्यक्ष खतरा पुगेपछि ठूलो स्तरको निकासी अभियान सञ्चालन गरिएको छ।
लस एन्जलसबाट करिब ३० माइल (४८ किलोमिटर) उत्तर-पश्चिममा रहेको सिमी भ्याली वरिपरिका पहाडी क्षेत्रमा सोमबारदेखि हावाले तीव्र बनाएको स्यान्डी फायर फैलिएको हो। सुक्खा झाडी क्षेत्रमा सुरु भएको आगलागी बिस्तारै बस्ती नजिक पुगेपछि स्थानीय प्रशासनले आपतकालीन कदम चालेको हो। भेन्टुरा काउन्टी अग्नि विभागका अनुसार मङ्गलबार बिहानसम्म आगलागीले दुई वर्गमाइल (करिब पाँच वर्गकिलोमिटर) भन्दा बढी क्षेत्रफल जलेको छ भने कम्तीमा एउटा घर पूर्ण रूपमा नष्ट भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)