मुक्तिनाथ विकास बैंकद्धारा शिक्षालाई प्रोत्साहन, हजार बढी विद्यार्थीहरु प्रत्यक्ष रुपमा लाभान्वित
kendrabindu.com · Sat Jul 04 13:43:30 GMT 2026

काठमाडौं । मुक्तिनाथ विकास बैंकले शिक्षाको प्रवद्र्धन गर्न र बालबालिकाको शैक्षिक पहुँच विस्तार गर्ने उद्देश्यले विभिन्न प्रदेशका सरकारी विद्यालयहरुका विद्यार्थीहरुलाई पोसाक, स्कूल झोलाहरु, स्टेशनरी सामाग्री, एक शैक्षिक वर्षको अध्ययन खर्च, विभिन्न शैक्षिक सामाग्री/उपकरण तथा खेलकुद सामाग्री हस्तानतरण गरेको छ ।
सरकारी विद्यालयहरुलाई प्राथमिकतामा राख्दै बैंकले मोरङको विराटनगरमा ७८ विद्यार्थीहरुलाई शैक्षिक पोसाक, महोत्तरीको बर्दिबासकमा १२८ जनालाई स्टेशनरी सामाग्री, अर्घाखाँचीको सन्धिखर्कमा २५ जना अपाङ्गता भएका बालबालिकालाई स्कूल ब्याग तथा स्टेशनरी सामाग्री, डडेलध्राको खिन्नेभाडीमा १५० विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री, रुपन्देहीको बुटवलमा २१ वटा स्कूल ब्याग,उदयपूरको बागचौरीमा ५० जनालाई स्कूल ब्याग, झापाको कचनकवलमा २०० लाई स्कूल ब्याग, नवलपरासीको बर्दघाटमा ८५ वटा स्कूल ब्याग, सर्लाहीको राजघाटमा २०० विद्यार्थीहरुलाई स्कूल ब्याग र कञ्चनपूरको तिलकपुरमा ११० बालबालिकालाई स्कूल ब्याग तथा स्टेशनरी सामाग्री प्रत्यक्ष रुपमा वितरण गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)