‘अक्षरा’ले हलबाट आएको १० प्रतिशत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा
ratopati.com · Sat Sep 05 03:31:06 GMT 2026

काठमाडौँ । फिल्म ‘अक्षरा’ले सार्वजनिक प्रदर्शनमा हलबाट आएको रकमको १० प्रतिशत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने भएको छ । शुक्रबार फिल्मको ट्रेलर सार्वजनिक गर्दै निर्माण युनिटले शाे घोषणा गरेको हो ।
यही भदौ २६ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्मको सार्वजनिक ट्रेलरमा अभिभावकले छोरीको चाहना र इच्छा विपरीत खान्दानी केटो हेरेर जबरजस्ती विवाह गरिदिएपछि उत्पन्न हुने पारिवारिक समस्या र त्यसको सामाजिक असरलाई मुख्य विषयवस्तु बनाइएको छ। निकै मार्मिक तथा सन्देशमूलक कथावस्तुमा आधारित यो फिल्मको ट्रेलरले नेपाली समाजको यथार्थ चित्र बोलेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)