नुवाकोटका तीन स्थानमा बेलिब्रिज जडानको तयारी
annapurnapost.com · Sat Sep 05 03:28:26 GMT 2026

नुवाकोट : भोटेकोशी हुँदै चीनबाट रसुवागढी नाका हुँदै त्रिशूली नदीमा आएको अकल्पनीय बाढीले नुवाकोटमा पुलसमेत बगाउँदा सडक सन्जाल विच्छेद भएको छ। यसले गर्दा राहत सामग्री ढुवानी तथा उद्धारमा समेत कठिनाइ भइरहेको छ।
बाढीले नुवाकोट, रसुवा र धादिङका पुलहरू बगाएको छ। लाखौं व्यक्ति घरवारविहीन भएका छन्, हजारौं घरको निशाना नै छैन। नुवाकोटको विभिन्न तीन स्थानमा बेलिब्रिज जडान गर्ने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय नुवाकाटले जनाएको छ। त्रिदेशीय मार्ग अन्तर्गतको वीरगन्ज–गल्छी–देवीघाट–बिदुर–वेत्रावती–रसुवागढी सडकखण्डको बीचमा पर्ने नुवाकोटको देवीघाट, त्रिशूली र वेत्रावतीमा बेलिब्रिज जडान गरिने प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)