काठको लप्कोबाट जोखिमपूर्ण यात्रा
gorkhapatraonline.com · Sat Sep 05 03:38:48 GMT 2026

हिमालपारिको गाउँ नाम्खा गाउँपालिकाको लिमीको तिलगाउँका स्थानीय बहाब बढेको खोलामाथि काठ बिछ्याएर जोखिमयुक्त तरिकाले तर्न बाध्य छन् । गत असार ५ गते तिलखोलामा हिमताल चुहेर आएको बाढीले स्थानीयले जनश्रमदानबाट निर्माण गरेको पुल बगाएपछि अहिले काठको लप्कोबाट खोला तर्न बाध्य भएका हुन् ।
स्थानीयसँग अरू कुनै विकल्प नभएपछि दुई वटा काठ जोडेर पुल निर्माण गरी आउजाउ गर्ने व्यवस्था मिलाइएको छ । काठको लप्कोबाट वारपार गर्नु निकै जोखिमपूर्ण रहेको स्थानीय छिरिङ लामाले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “जोखिमपूर्ण काठेपुल तरेर तिलगाउँबाट लिमीकै हल्जी, जाङ, तुम्लिङ, ताक्ची, लाप्चा र सिमकोट जानु परिरहेको छ ।’’
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)