युवतीलाई अभद्र व्यवहार गरेको आरोपमा दुई जना पक्राउ
gorkhapatraonline.com · Sat Sep 05 03:34:58 GMT 2026

विराटनगरमा सार्वजनिक स्थलमा विद्यालय पोशाकमा हिँडिरहेका दुई युवतीलाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी मकेन्द्रकुमार मिश्रका अनुसार विराटनगर महानगरपालिका–९, महेन्द्रचोकमा शुक्रबार दिउँसो मोटरसाइकलमा सवार दुई पुरुषले सडकमा हिँडिरहेका दुई युवतीलाई अभद्र व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमार्फत प्राप्त भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)