हुम्लामा पाँच दिनदेखि विद्युत् सेवा अवरुद्ध
nepalviews.com · Sat Sep 05 03:36:26 GMT 2026

सुर्खेत । हुम्लामा पाँच दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । नेपाल विद्युत् प्राधिकरणको हुम्लास्थित हेल्दुङ वितरण केन्द्रअन्तर्गतको पावर हाउसमा समस्या आएपछि सेवा अवरुद्ध भएको हो । विद्युत् आपूर्ति बन्द हुँदा हुम्लाका नागरिक अन्धकारमा बस्न बाध्य भएका छन् ।
हेल्दुङ वितरण केन्द्रले जारी गरेको सूचनाअनुसार पावर हाउसमा सञ्चालनमा रहेको युनिट–९ को गभर्नर कन्ट्रोलमा समस्या देखिएपछि विद्युत् आपूर्ति बन्द भएको हो । त्यहाँ उपलब्ध प्राबिधिक जनशक्तिबाट तत्काल समस्या समाधान हुन नसकेकाले भदौ १६ गतेदेखि अर्को सूचना जारी नभएसम्म वितरण केन्द्रबाट वितरित विद्युत् सेवा सम्पूर्ण क्षेत्रमा अवरुद्ध हुने वितरण केन्द्रले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)