सुरक्षा तथा जोखिम व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
rajdhanidaily.com · Sat Jul 04 14:11:48 GMT 2026

काठमाडौं । फोटो पत्रकार (पिजे)क्लवले आयोजना गरेको सुरक्षा तथा जोखिम व्यवस्थापन सम्वन्धी तालिम सम्पन्न भएको छ । पत्रकार महासंघको सभाहलमा संचालित तालिममा विभिन्न संचारमाध्यममा कार्यरत ३०भन्दा बढी फोटो पत्रकारहरुको सहभागि थियो । सुचना तथा संचार मन्त्रालयको सहयोगमा भएको यस तालिममा , अनुभवी प्रशिक्षक तथा विषयविज्ञहरूले प्रशिक्षण दिएका थिए ।
इरानी प्रशिक्षक डा. बेहरु मोगद्दसीले फोटो पत्रकारहरुले राजनीतिक आन्दोलन, प्राकृतिक प्रकोप, महामारी, द्वन्द्वग्रस्त अवस्था, प्रदर्शन, तथा संवेदनशील सामाजिक घटनाको प्रत्यक्ष र उच्च जोखिमपूर्ण परिस्थितिमा अग्र भागमा रहेर काम गर्दा अपनाउनु पर्ने आवस्यक सुरक्षा सम्वन्धी तालिम दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)