अतिक्रमण हटेपछि चिटिक्क बन्दै सडकपेटी
barnanmedia.com · Wed May 20 08:54:50 GMT 2026

नेपालगञ्ज उपमहानगरपालिकाले सहरको मुख्य सडक सुर्खेतरोडमा अतिक्रमण हटाएर सडकपेटीलाई व्यवस्थित बनाउने अभियान सुरु गरेसँगै सडकको मुहार फेरिएको छ ।
उपमहानगरपालिकाले सडकपेटी कब्जा गरेर बनाइएका अवैध संरचनालाई धमाधम हटाएर नयाँ स्वरूपमा फुटपाथ निर्माण गरिरहेको छ । अहिले गणेशमानचोकदेखि सुर्खेतरोडको पश्चिमतर्फ बीपीचोक हुँदै धम्बोझी चोकसम्मको क्षेत्रमा सडकपेटी निर्माण कार्य सम्पन्न भइसकेको छ । हिजो भद्रगोल क्षेत्र अहिले सफा, व्यवस्थित र चिटिक्क देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)