नेपाल-भारत सीमापार रेलमार्गसम्बन्धी परियोजना सञ्चालन समिति तथा संयुक्त कार्य समूहको बैठक सम्पन्न
kathmandupati.com · Sat Jun 13 04:27:07 GMT 2026
काठमाण्डु – नेपाल र भारतबिच सीमापार रेलमार्ग परियोजनाहरूको कार्यान्वयन र रेल क्षेत्रको समग्र द्विपक्षीय सहयोगको समीक्षा गर्न आयोजित परियोजना सञ्चालन समितिको १०औँ तथा संयुक्त कार्य समूहको आठौँ बैठक काठमाण्डुमा सम्पन्न भएको छ।
जेठ २८ र २९ गते बसेको बैठकमा दुवै देशका प्रतिनिधिहरूले भारत सरकारको अनुदान सहयोगमा बनिरहेका विभिन्न रेलमार्गका विषयमा विस्तृत छलफल गरेका छन्। काठमाण्डुभारतीय दूतावासका अनुसार बैठकमा विशेषगरी भारत–नेपालबिचको जयनगर–बिजलपुरा–बर्दिबास र जोगबनी–विराटनगर ब्रोडगेज रेलमार्गको हालको प्रगतिबारे समीक्षा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)