कृतिको खबरको पर्खाइमा परिवार
gorkhapatraonline.com · Sat Sep 05 03:43:07 GMT 2026

‘ड्युटीमा छु आमा, मलाई निको भइसकेको छ, पीर लिनु पर्दैन।’ भदौ ९ गते साँझ छोरी कृति कुमालले आमासँग मोबाइलमा गरेको यही अन्तिम संवाद अहिले परिवारका लागि सम्झनासँगै पीडाको विषय बनेको छ। त्यसको भोलिपल्टदेखि कृति सम्पर्कविहीन भएपछि व्यास नगरपालिका–५, साँगेसेरास्थित घरमा परिवार उहाँको सकुशल खबरको प्रतीक्षामा छ।
रसुवाको टिमुरेस्थित श्रीनाथ गणअन्तर्गत भन्सार सुरक्षामा खटिनुभएकी २१ वर्षीया नेपाली सेनाकी सिपाही कृति भदौ १० गते रसुवामा आएको बाढीपहिरोपछि सम्पर्कविहीन हुनुभएको हो। कृतिको अवस्था अझै अज्ञात छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)