बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन चिनियाँ ड्रोन (फिटो फिचर)
khabarhub.com · Sat Sep 05 03:48:11 GMT 2026

काठमाडौँ – बाढी प्रभावित दुर्गम क्षेत्रमा खाद्यान्न तथा आपत्कालीन राहत सामग्री पुर्याउनका लागि त्रिशूलीमा ड्रोनको सफल परीक्षण तथा प्रयोग सुरु गरिएको छ। चीन सरकारले नेपाललाई उपलब्ध गराएका चार वटा आधुनिक ड्रोनमार्फत सामान ढुवानी थालिएको हो।
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनका अनुसार यी ड्रोनको अधिकतम बोक्ने क्षमता १०० किलोग्राम रहेको छ। “एकपटकको उडानमा करिब ७५ देखि ८० किलोग्रामसम्म राहत सामग्री सजिलै बोक्न सकिन्छ,” उनले भने। परीक्षणपछि अब यी ड्रोनहरू रसुवालगायत बाढीबाट प्रभावित दुर्गम भेगहरूमा परिचालन गरिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)