विद्युतीय रिक्सा दुर्घटनामा महिलाको मृत्यु
lokaantar.com

मोरङको लेटाङ नगरपालिकामा आज दिउँसो विद्युतीय रिक्सा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । कानेपोखरीबाट लेटाङ बजारतर्फ जाँदै गरेको विद्युतीय रिक्सा फारलाइन क्षेत्रमा अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी लेटाङ–४ सिद्धार्थ लाइन निवासी ६० वर्षीया सञ्चमाया लावतीको उपचारका क्रममा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, विराटनगरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक सागर साहले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)