त्रिशूली–मेलुङदेखि मुगु–गमगढीसम्म सडक अवरुद्ध
gorkhapatraonline.com · Sat Sep 05 03:52:05 GMT 2026

लगातारको वर्षाका कारण आएको बाढी तथा पहिरोले देशका विभिन्न स्थानमा मुख्य राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न सडकखण्डमा यातायात पूर्ण तथा आंशिक रूपमा प्रभावित भएको छ।
बागमती प्रदेशमा काभ्रे, रसुवा, नुवाकोट र धादिङका विभिन्न सडकखण्ड प्रभावित भएका छन्। काभ्रेमा सम्भावित बाढीका कारण केही सडकमा निश्चित समय सवारी सञ्चालन गर्ने र रातिको समयमा रोक लगाउने व्यवस्था गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)