सदनबाट निस्किएर हर्क साम्पाङले भने- हाम्रो विरोध ५ वर्ष नै चल्छ, निलम्बन खेप्न तयार छौँ
nepalpress.com · Wed May 20 09:19:33 GMT 2026

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारलाई सदनप्रति जिम्मेवार बनाउन आफूहरूले कोसिस गरिरहेको प्रष्ट पारेका छन् । संसद बैठकमा पर्चा देखाएर गरेको प्रदर्शन जारी राख्ने उनले बताए ।
आज पनि प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले पर्चा देखाएर विरोध जनाएका थिए । सभामुखले उनीहरूलाई आइन्दा यस्तो व्यवहार नगर्न चेतावनी पनि दिए । तर, सदनबाट बाहिर निस्किएर सञ्चारकर्मीहरूसँग कुरा गर्दै साम्पाङले विरोध गर्न जारी राख्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)