कजिनी बनेकी केकी भन्छिन्- ‘काजी’मा प्रेम, समर्पण र विश्वासको गहिरो कथा छ
kendrabindu.com · Wed May 20 09:37:36 GMT 2026

काठमाडाैं । नेपाली फिल्म उद्योगमा आफ्नो फरक पहिचान बनाएकी केकी अधिकारी अहिले नयाँ फिल्म ‘काजी’ मार्फत दर्शकमाझ आउँदैछिन्। सामाजिक भावना, प्रेम र सम्बन्धको गहिराइ बोकेको यस फिल्मलाई लिएर उनी निकै उत्साहित देखिएकी छन्। फिल्म काजी र कजिनीको प्रेमकथामा बनेको छ।
हालै राजधानीमा आयोजित कार्यक्रममा उनले ‘काजी’ लाई केवल प्रेमकथा नभई विश्वास, त्याग र सम्बन्धको गहिरो संसारको रूपमा व्याख्या गरेकी छन्। उनका अनुसार अहिलेको समयमा प्रेमलाई हेर्ने दृष्टिकोण फरक भइसकेको भए पनि ‘काजी’ को संसारमा भने माया र विश्वासले नै सम्बन्ध टिकाइराखेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)