३० मिनेटका लागि स्थगित भएको संसद् डेढ घण्टासम्म पनि सुरु भएन
thahakhabar.com

काठमाडौं : विपक्षी दलहरूको अवरोधपछि स्थगित भएको प्रतिनिधिसभा बैठक अझै सुरु हुन सकेको छैन। भिजिट भिसाका नाममा भएको अर्बौँ अवैध असुली प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षीहरूले सदन चल्न दिएका छैनन्।
मंगलबार बैठक सुरु हुनसाथ आफ्नो कुरा राखेर विपक्षीहरू माओवादी केन्द्र, रास्वपा, राप्रपालगायतले बैठक चल्न दिएनन्। त्यहीबीच सभामुख देवराज घिमिरेले सत्तारुढ कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्न दिएपछि थप आक्रोशित हुँदै विपक्षीहरू नाराबाजी गरे।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)