‘सङ्कटमा श्रीमद्भागवत गीताको उपदेश प्रेरणा’
gorkhapatraonline.com · Sat Sep 05 04:44:20 GMT 2026

जनकपुरधाम, भदौ २० गते । मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्ण र मुख्यमन्त्री कृष्णप्रसाद यादवले श्रीकृष्णजन्माष्टमीका अवसरमा प्रदेशवासीसहित देशविदेशमा रहेका नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामना सन्देशमा उहाँहरूले पर्वले सामाजिक एकता, भाइचारा, सद्भाव तथा सेवाभावलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।
प्रदेश प्रमुख कर्णले देशका विभिन्न भागमा बाढीका कारण ठुलो जनधनको क्षति भएको विषम परिस्थितिप्रति दुःख व्यक्त गर्दै विपत्मा परेका नागरिकलाई सहयोग तथा राहत पु-याउनु सबैको दायित्व भएको बताउनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)