तेलको बढ्दो मूल्यले भारतको अर्थतन्त्रमा कस्तो र कति पार्न सक्छ असर ?
annapurnapost.com · Wed May 20 09:59:48 GMT 2026

भारत : भारतका तेल कम्पनीहरूले एक हप्ताभित्र दुई पटक पेट्रोल–डिजेलको मूल्य बढाएका छन् । दिल्लीमा अहिले पेट्रोल करिब ९८ रुपैयाँ प्रतिलिटर पुगेको छ भने डिजेलको मूल्य पनि ९० रुपैयाँ प्रतिलिटर भन्दा माथि छ । कुल वृद्धि करिब ४ रुपैयाँ प्रतिलिटर भएको छ ।
फेब्रुअरीको अन्त्यमा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि मध्यपूर्वमा उत्पन्न संकटका कारण होर्मुज जलडमरूमध्यबाट तेलको आपूर्ति अवरुद्ध भएको छ । विश्लेषकहरूका अनुसार यदि अवस्था यस्तै रह्यो भने तेलको मूल्य अझै बढ्न सक्छ । विश्लेषकहरूको भनाइमा तेलको बढ्दो मूल्यले भारतीय अर्थतन्त्रमा असर पारेको छ र पछिल्ला ६ महिनामा यसको प्रभाव देखिन थालेको छ । पछिल्लो वर्ष नोभेम्बरमा कच्चा तेलको अन्तर्राष्ट्रिय मूल्य ६०–६५ डलर प्रतिब्यारेल थियो । त्यस समयमा भारतीय रिजर्भ बैंकले आर्थिक वर्ष २०२५–२६ का लागि आर्थिक वृद्धि ७.६ प्रतिशत रहने अनुमान गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)