विपद् कोषमा बागलुङका छ स्थानीय तहको २१ लाख ७० हजार सहयोग
gorkhapatraonline.com · Fri Aug 28 02:50:56 GMT 2026

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बागलुङका छ स्थानीय तहले कुल २१ लाख ७० हजार रुपियाँ आर्थिक सहयोग गर्ने भएका छन्।
विपद्को कठिन घडीमा मानवीय सहयोग पुर्याउने उद्देश्यले बडिगाड गाउँपालिकाले सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीको तीन दिनको तलब–भत्तासहित पाँच लाख रुपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाउने निर्णय गरेको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)