खोड्पेमा हेलिप्याडसहित मानवीय उद्धार सहायता स्थल
gorkhapatraonline.com · Sat Sep 05 04:46:46 GMT 2026

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हुने आकस्मिक विपद्लाई ध्यानमा राखेर बैतडीको खोड्पेमा प्रदेशस्तरीय मानवीय उद्धार सहायता स्थल सञ्चालनमा आएको छ। बैतडी, बझाङ र दार्चुला गरी तीन जिल्ला जोड्ने रणनीतिक स्थानका रूपमा रहेको खोड्पेमा हेलिप्याडसमेत व्यवस्था गरिएको छ।
विपद्का समयमा तत्काल खोज, उद्धार तथा राहत सामग्रीको भण्डारण र परिचालन गर्ने उद्देश्यले गृह मन्त्रालय र स्थानीय तहको समन्वयमा दुई वर्षदेखि सहायता स्थल सञ्चालनमा रहेको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले बताउनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)