गोरखाका ७२ जना अझै सम्पर्कविहीन, ७ को शव भेटियो
gorkhapatraonline.com · Sat Sep 05 04:53:20 GMT 2026

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा र नुवाकोट क्षेत्रमा रहनुभएका गोरखाका ७२ जना नागरिक अझै सम्पर्कविहीन हुनुहुन्छ । काम र तीर्थयात्राका लागि विभिन्न ठाउँमा पुग्नुभएका गोरखाका नागरिक भदौ १० गते बुधबार बिहान आएको बाढीपछि परिवार र स्थानीय तहको सम्पर्कमा आउन सक्नुभएको छैन ।
जिल्ला प्रहरी कार्यालय, गोरखाका अनुसार सबैभन्दा बढी पालुङटार नगरपालिकाका ३५ जना, सहिद लखन गाउँपालिका ७ जना, अजिरकोट गाउँपालिकाका ६ जना, धार्चे गाउँपालिकाका ४ जना, भिमसेन थापा गाउँपालिकाका ३ जना, बारपाक सुलिकोट गाउँपालिकाका ६ जना, सिरानचोक गाउँपालिकाका ४ जना, आरुघाट गाउँपालिकाका ३ जना, गोरखा नगरपालिकाका ३ जना र गण्डकी गाउँपालिकाका १ जना सम्पर्कविहीन हुनुहुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)