अंग्रेजलाई युद्धमा जितेको सम्झनामा आज विजय उत्सवस्वरुप भगवती रथजात्रा
annapurnapost.com · Sat Sep 05 04:43:24 GMT 2026

तानसेन : नेपालले अंग्रेज सेनालाई युद्धमा पराजित गरी विजय हासिल गरेको सम्झनामा पाल्पामा आज २०७ औं विजय उत्सवस्वरुप भगवती रथयात्रा हुँदैछ। भोटेकोशी बाढीको कारण राष्ट्रिय शोकमा परेकोले तामाझाम नगरी औपचारीक रुपमा मात्र विजय उत्सवरुपी भगवती जात्रा निकालिने मन्दिर गुठी व्यवस्थापन समितीले जनाएको छ।
पाल्पाका तैनाथवाला तत्कालिन कर्णेल उजिर सिंह थापाले वि.सं १८७१ देखि १८७२ सम्म अंग्रेजसँगको युद्धमा बुटवलको जितगढी क्षेत्रमा विजय हासिल गरेको सम्झनामा वि.सं. १८७७ देखी कृष्ण जन्माष्टमीको भोलीपल्ट भाद्र कृष्ण नवमीको दिन पाल्पामा निरन्तर रुपमा विजयउत्सव मनाउने परम्परा चल्दै आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)