कृष्णभिरमा डाइभर्सनका लागि कटान सुरु
gorkhapatraonline.com · Sat Sep 05 04:56:00 GMT 2026

मुग्लिङ, भदौ २० गते । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभिरमा भासिएको सडक तत्काल सञ्चालनमा ल्याउन डाइभर्सन निर्माणका लागि भिर कटान सुरु गरिएको छ । तत्काल राजमार्ग सञ्चालनमा ल्याउन शुव्रmबार बिहानदेखि कृष्णभिरमा डाइभर्सन निर्माणका लागि भिर कटान सुरु गरिएको हो । प्राविधिक तथा विज्ञको सुझाव र प्रतिवेदनका आधारमा डाइभर्सन निर्माणको काम अघि बढाइएको पृथ्वी राजमार्ग मुग्लिङ–मलेखु निर्माण आयोजनाका इन्जिनियर धीरन ढकालले जानकारी दिनुभयो ।
तर त्यो मात्र समाधान होइन । टनेलविज्ञ तथा नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष सुभाषचन्द्र बरालले कृष्णभिर जस्ता पहिरो र नदी कटानको जोखिममा रहेका स्थानमा छोटा टनेल निर्माण गर्नु उपयुक्त विकल्प रहेको सुझाव दिनुभएको छ । “पहिरो र नदी कटानको जोखिममा रहेका हाम्रा राजमार्गका कृष्णभिर जस्ता जोखिमयुक्त स्थानमा छोटा छोटा टनेल नै उपयुक्त विकल्प हुन्,” उहाँले भन्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)