स्थानीय तहमा नौ करोड बढी रकम बेरुजु
gorkhapatraonline.com · Wed May 20 10:29:14 GMT 2026

लमजुङका स्थानीय तहमा नौ करोड बढी रकम बेरुजु रहेको पाइएको छ । जिल्लाको आठ स्थानीय तहमा आर्थिक वर्ष २०८१–८२ मा कार्यान्वयनमा रहेको १० अर्ब ३२ करोड ७२ लाख ६४ हजार रुपियाँ बजेटको लेखा परीक्षण भएकोमा नौ करोड ५४ लाख ७६ हजार रुपियाँ बेरुजु देखिएको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको हो ।
जिल्लाको स्थानीय तहमा अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै आधाजसो बेरुजु कम भएको छ । आर्थिक वर्ष २०८०–८१ मा कार्यान्वयनमा रहेको नौ अर्ब ९९ करोड ३० लाख ४६ हजार रुपियाँ बजेटको लेखा परीक्षण गर्दा १७ करोड २३ लाख २१ हजार रुपियाँ बेरुजु देखिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)