चण्टुकुण्डा तालको अतिक्रमण हटाइने
barnanmedia.com · Wed May 20 10:21:56 GMT 2026

कृष्णपुर नगरपालिका–३ चित्रपुरस्थित जैविक विविधताले समृद्ध चण्टुकुण्डा ताल (पोखरी) क्षेत्रको अतिक्रमण हटाउने प्रक्रिया सुरु गरिएको छ । ताल क्षेत्रको सार्वजनिक जग्गा अतिक्रमण गरी भोगचलन भइरहेको भन्दै नगरपालिकाले सात दिनभित्र क्षेत्र खाली गर्न सार्वजनिक सूचना जारी गरेको हो ।
सार्वजनिक ताल अतिक्रमण गरिएको उजुरी परेपछि नगरपालिकाले स्थलगत निरीक्षण गरेको थियो । निरीक्षणका क्रममा साविक देखतभुली–९ सिथ्त उक्त ताल नापी कार्यालय कञ्चनपुरको फिल्डबुक तथा भूमि प्रशासन कार्यालयको अभिलेखमा सार्वजनिक तालका रूपमा कायम रहेको पुष्टि भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भट्टले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)