चट्याङ लागेर एकजनाको मृत्यु, दुई घाइते
nepalnews.com · Sat Jul 04 15:46:49 GMT 2026

दाङ। दाङको घोराही उपमहानगरपालिका ९‚ मछाहीमा धान रोप्ने क्रममा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ। अन्य दुईजना घाइते भएका छन्।
मृत्यु हुनेमा बङ्गाचुली गाउँपालिका २‚ मर्पेसका २६ वर्षीया दीपा थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए। उनका अनुसार आज साँझ साढे ६ बजे उपचारका क्रममा उनको मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)