चन्द्रगढी विमानस्थलबाट दुर्घटनाग्रस्त जहाजको अवशेष दश दिनभित्र हटाइने
onlinekhabar.com · Wed May 20 10:48:35 GMT 2026

६ जेठ, झापा । चन्द्रगढी विमानस्थलको धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको बुद्ध एयरको ‘कल साइन ९०१’ जहाजको अवशेष आगामी १० दिनभित्र हटाइने भएको छ ।
चार महिनाअघि तीव्र गतिका कारण अवतरणका क्रममा उक्त दुर्घटना भएको थियो । गत पुस १८ गते राति काठमाडौँबाट आएको बुद्ध एयरको उक्त जहाज चन्द्रगढी विमानस्थलको पश्चिमी किनारको धावनमार्गबाट चिप्लिएर खोल्सीमा खसेको थियो । जहाजमा सवार चालक दलका सदस्यसहित ५१ जनामध्ये सात जना घाइते भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)