प्रधानमन्त्री संसद्प्रति जिम्मेवार नहुन्जेल पाँच वर्ष नै विरोध गर्छौँ : हर्कराज राई [भिडियो]
hamrakura.com · Wed May 20 00:00:00 GMT 2026
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले प्रधानमन्त्री वालेन्द्र साह (बालेन) संसद्प्रति जिम्मेवार र उत्तरदायी नहुन्जेलसम्म आफ्नो पार्टीले संसद्मा विरोध प्रदर्शन जारी राख्ने चेतावनी दिएका छन्। बुधबार नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
अध्यक्ष राईले वर्तमान सरकारको गृह मन्त्रालयको जिम्मेवारी समेत प्रधानमन्त्री स्वयंले सम्हालेको उल्लेख गर्दै मन्त्रालयसँग सम्बन्धित गम्भीर प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले संसद्को रोष्टममै उभिएर दिनुपर्नेमा जोड दिए। विशेष गरी गृह मन्त्रालयको क्षेत्राधिकारभित्र पर्ने सुकुम्बासी बस्ती खाली गराउने क्रममा बल प्रयोग गरिएको लगायतका संवेदनशील विषयमा धेरै प्रश्नहरू उठेको भन्दै उनले ती विषयको स्पष्ट जवाफ संसद्लाई चाहिने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)