दुर्घटनाग्रस्त जहाजको अवशेष दश दिनभित्र हटाइने
nepalnews.com · Wed May 20 11:01:34 GMT 2026

झापा। चन्द्रगढी विमानस्थलको धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको बुद्ध एयरको ‘कल साइन ९०१’ जहाजको अवशेष आगामी १० दिनभित्र हटाइने भएको छ।
चार महिनाअघि तीव्र गतिका कारण अवतरणका क्रममा उक्त दुर्घटना भएको थियो। गत १८ पुस राति काठमाडौँबाट आएको बुद्ध एयरको उक्त जहाज चन्द्रगढी विमानस्थलको पश्चिमी किनारको धावनमार्गबाट चिप्लिएर खोल्सीमा खसेको थियो। जहाजमा सवार चालक दलका सदस्यसहित ५१ जनामध्ये सात जना घाइते भएका थिए। दुर्घटनापछि जहाजको अवशेषलाई घटनास्थलमै त्रिपालले छोपेर राखिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)